- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको घटेको छ । आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला आज २ सयले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला एक हजार २ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार २२० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।