×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाँदाजाँदै चन्द्रसिंह साउदले भने – ‘मैले सरकारलाई सघाउनका लागि राजिनामा दिएको हुँ’ (भिडियो रिपोर्ट)

PRIME CA

जाँदाजाँदै चन्द्रसिंह साउदले भने – ‘मैले सरकारलाई सघाउनका लागि राजिनामा दिएको हुँ’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले मंगलवार पदबाट राजिनामा दिनुभएको हो । पदबाट राजिनामा दिएसँगै पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफुले विद्यमान नियम, कानून अनुरुप नै सेयर खरिद गरेको बताउनुभयो । अन्तर्राष्ट्रिय कानूनलाई परिभाषित गर्दै आफुलाई दोषारोपण गरिएको भन्दै उहाँले सरकारले छानविन समितिसमेत बनाएको सन्दर्भमा सरकारलाई सघाउनका लागि आफुले राजिनामा दिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘हामीहरुसँग भएको कर्मचारी नियमावली र म सञ्चाकल पनि भएको नाताले नेपाल स्टक एक्सचेन्जको सञ्चालकको आचारसंहिता अन्र्तगत रेगुलेटेड सेकेण्डरी मार्केटको सेयर मात्रै हामीले किन्न नमिल्ने हो । बाँकी बि रेगुलेटेड सबै कम्पनीको सेयर मिल्ने हामीकहाँ विद्यमान नियम, कानून छ । र त्यो नियम, कानून अन्र्तगत मैले सेयर किनेको थिएँ । अहिले वास्तवमा के जोडियो भने, मैले बुझेको के भने ल अफ द ल्याण्ड हाम्रो देशको जे नियम कानून छ त्यो नियम कानून हामीले मान्नुपर्ने हुन्छ । तर अहिले बजारमा हल्ला के आयो भने अन्तर्राष्ट्रिय नियम कानूनलाई परिभाषित गर्दै यिनीहरुले कार्टेलिङ गरे भन्याजस्ता किसिमका कुराहरु आए । र हामीकहाँ के हुन्छ भने दोस्रो बजारमा प्लेटफर्म उपलब्ध गराउने काम नेपाल स्टक एक्सचेन्जको हो । र त्यो कम्पनीको मूल्य निर्धारण गर्ने, त्यसका लागि प्रारम्भिक बजारमा चाहीँ आइपिओ निष्काशन गर्ने, नियम कानून बनाउने संस्था यो होईन । यो चाहीँ कार्यान्वयन गर्ने संस्था हो । नियमन गर्ने संस्था होईन । तर हाम्रो बुझाई के भयो भने बजारमा नेप्से पनि नियामक जस्तै संस्था भएको हुनाले त्यहाँको नियामक प्रमुख पनि यसैमा आवद्ध भएको भन्ने किसिमका विभिन्न समाचार माध्यममा आए कुराहरु त्यो कारणले मैले आफ्नो नैतिकतालाई आधार मानेर राजिनामा दिएको । नेपाल सरकारले छानविन कमिटी बनाएर अर्थ मन्त्रालयमा तयार गरेको परिस्थितिमा नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले मैले आजैको मितिदेखि लागू हुनेगरी राजिनामा पत्र बुझाएको छु । ’
उहाँले आफ्नो कार्यकालमा नेपालको लगानीकर्ता र नेपालको पुँजिबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताउनुभयो । दैनिक रुपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औँ अर्बको कारोबार हुनसक्ने अवस्थामा पु¥याएको उहाँको दाबी छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: