काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो । बैंकले भदौ ४ गतेदेखि कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले कोषको सो सेयरमा भदौ १८ गतेसम्म न्यूनतम १४ सय १० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । सो सेयरमा लगानीकर्ताले एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।