×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलनले देशव्यापी विरोध प्रदर्शन गर्ने

PRIME CA

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलनले देशव्यापी विरोध प्रदर्शन गर्ने

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । पाकिस्तान मुस्लिम लिग नवाजका प्रवक्ता मरियुम औरंगजेबले इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सन् २०१४ को वैदेशिक लगानीको मुद्दाविरुद्ध देशव्यापी प्रदर्शन गर्ने जनाएका छन् । 
प्रधानमन्त्री खानविरुद्ध सन् २०१४ मा उक्त मुद्दा दर्ता गरिए पनि हालसम्म कुनै छानबिन र कारबाहीको प्रक्रिया अघि नबढेको बताइएको छ । ११ वटा विपक्षी पार्टीहरु मिलेर बनेको पीडीएमले पाकिस्तान सरकारविरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आइरहेको छ । पीडीएमले जनवरी १९ मा गर्न लागेको विरोध प्रदर्शनको निर्णय भएको छ । जुन पीटीआईले गैरकानूनी कोषमा विदेशी रकम लिएको र दुईवटा खाता सञ्‍चालन गरेको विदेशी कोषबाट प्राप्त भएको स्वीकार गरेको छ । अवैधरुपमा एजेन्टहरुमार्फत खानले रकम लिने गरेको पाइएकोले त्यसविरुद्ध आन्दोलन गर्न लागिएको हो । 
पीडीएमले प्रधानमन्त्री इमरान खानलाई जनवरी ३१ अगाडि राजीनामा दिइसक्न पनि अल्टिमेटम दिएको छ । प्रधानमन्त्री खानले मुलुकलाई विदेशी मुलुकको खेल मैदान बनाएको, सेनालाई राजनीतिमा ल्याएको, भ्रष्टाचार बढाएको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र धार्मिक र जातीय अल्पसंख्यकलाई थप उत्पीडन दिएको आरोप लगाइएको छ । प्रधानमन्त्री इमरान खानले पीडीएमले यसअघि गरेका र्‍यालीहरुमा सहभागी भएकाहरुविरुद्ध मुद्दा दायर गरेको छ । कोरोना महामारीका कारण भेला र र्‍यालीहरु गर्न प्रतिबन्ध लगाउँदा पनि र्‍यालीमा सहभागी भएको आरोपमा मुद्दा दर्ता गर्दै सहभागीहरुलाई नियन्त्रण लिने काम गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: