×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गर्न थालेपछि नेप्से परिसूचक पनि समालियो, एकैदिन ४१.८४ अंकको बढोत्तरी

PRIME CA

बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गर्न थालेपछि नेप्से परिसूचक पनि समालियो, एकैदिन ४१.८४ अंकको बढोत्तरी

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिखर इन्स्यनेरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा मेरो माइक्रोफाइनान्स वित्तीय सस्था, हिमालयन डिस्टिलरी, सिटिजन्स बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नबिल बैंक, सानिमा बैंक, नेपाल पुनर्बिमा कम्पनी, अपि पावर कम्पनी, नेपाल बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूची :

यसैगरी मंगलबारको सेयर बजारमा मल्टीपर्पज फाइनान्स कम्पनी, हिमालयन पावर पाटनर र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् । यस अलावा मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर, जनउत्थान लघुवित्त वित्तीय संस्था, सिंगटी हाईड्रो इनर्जीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :

यस्तै मंगलबारको सेयर बजारमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । एनआईसीको सेयरमा नेगेटिभ सर्किट लाग्दा रिलायन्स लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, साल्ट ट्रेडिङ कर्पोरेसन, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: