काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्यपनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ३ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।