काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको ५औं वार्षिक साधारणसभा कात्तिक २७ गते हुने भएको छ । सभा फल एन्ड ट्राउट भिलेज होटल, ककनी नुवाकोटमा बिहान १० बजेबाट हुने भएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५% बोनस सेयर र कर प्रयोजनसहित १.३१% नगद गरी कुल २६.३१% लाभांश वितरण प्रस्ताव पेस गर्ने जनाएको छ ।
यस्तै कम्पनीको सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा हुनुका साथै संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।
साथै कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको कम्पनीले जनाएको छ ।