×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी संस्था र घरबाट सुनचाँदीका गहना तथा नगद चोरीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

PRIME CA

सहकारी संस्था र घरबाट सुनचाँदीका गहना तथा नगद चोरीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रहरीले नगद र सुनचाँदीका गहना चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न सहकारी संस्था तथा घरबाट नगद तथा सुनचाँदीका गहना चोरी कार्यमा संलग्न रहेको आरोपमा रामेछापको दोरम्बा गाउँपालिका–४ का ३१ वर्षीय कमल थापा मगर, सोही ठाउँका ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय हरिप्रसाद रसाइलीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कमल र धनलालले विभिन्न सहकारी संस्थाको कार्यालय तथा मानिसहरु नभएको मौका छोपी विभिन्न व्यक्तिका घरबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरेर ल्याउने र हरिप्रसादले खरिद गर्ने गरेको भेटिएका पक्राउ गरिएको हो । उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका गहना र दुई थान मोबाइलसमेत बरामद गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: