×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा महासंघद्वारा बीमा समितिको गम्भीर ध्यानाकर्षण

PRIME CA

निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा महासंघद्वारा बीमा समितिको गम्भीर ध्यानाकर्षण

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बीमा समितिले गएको असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर (Minimum Premium Rate for Non-Tariff Insurance Business) सम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जानेछ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् । यस बिषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ ।

यसैगरि बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर (Minimum Premium Rate for Non-Tariff Insurance Business) सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मुल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा रहेको छ । साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: