Skip to content
LAXMI SUNRISE BANK

सिभिल लघुवित्त वित्तीय संस्थाले मार्यो खुद नाफामा २८२.८२ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानीमा पनि आकर्षक प्रगति

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल लघुवित्त वित्तीय संस्थाले १ करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले खुद नाफा २८२.८२%ले बढाएर सो नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४० लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद नाफा बढेसंगै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी १२०.३८% ले बढेको छ भने सञ्चालन नाफा २४३.६५% ले बढेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसाले बढेर २५ रुपैयाँ ७३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २० पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK