काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको ५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज कात्तिक २२ गते सोमबार अन्तिम दिन रहेको हो । कम्पनीले मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएको छ । जसकारण आजसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीले लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश निर्णय गरेको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप नियमावली संसोधन गर्ने एजेण्डा पनि रहेको छ ।