×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन सूचकको अवस्था कस्तो ?

Artha Sarokar

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमाससम्म आईपुग्दा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष यसैअवधिमा ३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्ष तुलनामा यस वर्षको नाफा ३९.११ प्रतिशतले धेरै हो ।

यस्तै कम्पनीले खुद ब्याज आम्दानी १० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी १२९.११ प्रतिशतले बढी हो । यस्तै कम्पनीको सञ्चालन नाफा ६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

हाल यसको चुक्ता पुँजी ४१ करोड १२ लाख रुपैयाँ रहेको छ । यता कम्पनीको रिजर्भ कोषमा २५ करोड ८७ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर २.५७ प्रतिशतमामा झरेको छ । यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ४६ रुपैयाँ ७५ पैसा रहेको र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी