काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ९ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २ रुपैयाँ कायम गरेको छ ।