×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एसिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब रुपैंयाँ बराबरको १० करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन

PRIME CA

एनआईसी एसिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब रुपैंयाँ बराबरको १० करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एसिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाईमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म उक्त सेयरमा आवेदन दिन पाइने भएको हो । एनआईसी एसिया क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । 
निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो । सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: