×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गर्ने, प्रस्ताव पारित गर्न दुवै संस्थाद्वारा असार २१ गते साधारणसभा आह्वान

PRIME CA

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गर्ने, प्रस्ताव पारित गर्न दुवै संस्थाद्वारा असार २१ गते साधारणसभा आह्वान

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको साधारणसभा एकैदिन हुने भएको छ । इन्फिनिटीले नेपाल एग्रोलाई एक्वायर गर्दैछ । दुवै कम्पनीले एक्वायरको प्रस्ताव राखेर असार २१ गते सभा बोलाएका हुन् । इन्फिनिटीले विशेष सभा गर्न लागेको हो भने र नेपाल एग्रोले वार्षिक सभा गर्न लागेको हो ।
सभमा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९८सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ । यस्तै एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । 
इन्फिनिटीको विशेष सभा संस्थाको मुख्य कार्यालय गैंडाकोट नवलपुरमा बिहान ९ बजे भिडियो कन्फ्रेन्समार्फत हुनेछ भने यस कम्पनीले असार ८ गते बुक क्लोज गर्दैछ । यता नेपाल एग्रोको सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे नै सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
एक्विजिसन प्रक्रियाका कारण हाल नेपाल एग्रोको सेयर कारोबार रोक्का छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: