
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । दुई अर्ब ४० करोड रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माण कार्य धमाधम भइरहेको छ । बहुद्देश्यीय अन्तर्राष्ट्रिय रग्बी मैदानको अवधारणा सहित निर्माण थालिकएको योजना अन्तर्गत अहिले जमिन सम्याउने काम भइरहेको छ । रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य भइरहेको हो ।
४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको हो । स्थानीय र सरकारी तवरबाट भइरहेको कामबारे संघसँग सल्लाह भएको र हस्तानतरण गर्ने विषयमा छलफल भइरहेको नेपाल रग्बी संघले जनाएको छ । पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्