काठमाडौं । भारतको बिहार राज्यको पटनामा एक बैंकमा आफ्नो खातामा भएको रकम झिक्न एउटा लाश पुग्यो । बैंकमा मानिसको लाश पुगेपछि लाशलाई देखेर बैंकका कर्मचारीहरु तर्सिए र उनीहरुको सातोसमेत गयो । पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा लाश पैसा लिन पुगेको हो । सोहि स्थानमा बस्ने महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । खासमा उनको बिहे पनि भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् । बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन् र उनको केवाइसी फाराम पनि जम्मा भएको थिएन । उनको मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।
यो कुराले रिसाएका गाउँलेले उनकोको लाशनै बोकेर बैंकमा पुगे र लाशलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको लाश भुईमै त्यतिकै रह्यो । गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् । अन्ततः म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको लाश बोकेर अन्तिम संस्कारको लागि गए । -एजेन्सीको सहयोगमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्