काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५०% हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि पुस ११ गते बुक क्लोज गर्ने भएको हो । यसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले धितोपत्र बोडबाट २ः१ अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले सोहि पूँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्