- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३०% हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।