Skip to content
LAXMI SUNRISE BANK

मल्टिपर्पस फाइनान्सको आजदेखि १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुल्ला, यी ठाउँबाट भर्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मल्टिपर्पस फाइनान्स कम्पनीको आजबाट संस्थापक समूहको सेयर लिलामी बिक्री खुला भएको छ । संस्थाको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । संस्थाको सो सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 
यता लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने छ भने माघ २ गतेसम्म मात्र लिलामी भर्न सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय, राजविराज सप्तरीबाट आवेदन दिन सक्नेछन् । यस्तै सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK