काठमाडौं । एनएमबी बैंक लिमिटेडको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । बैंकका केहि संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ४९ हजार ६९३ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।
सो सेयरको मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।