काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।