काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीलाई नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने कार्य रोक्न निर्देशन दिएको छ । समितिका नियमन शाखाका निर्देशक दिनेशलाल कर्णले एक सूचना जारी गर्दैन यस्तो निर्देशन दिएका हुन् ।
समितिले डमी कर्मचारी खडा गरी भुक्तानी गर्ने, उधारो बीमा गर्ने, नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने, नगद फिर्ता गर्ने, प्राईस कटिङ गर्ने (ट्यारिफ भन्दा कम मूल्यमा बीमा गर्ने कार्य) जस्ता कार्यहरु भइरहेको गुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । ‘बीमकले बीमा व्यवसायका क्रममा उधारो बीमा, नगद फिर्ता, डमी कर्मचारी राख्ने, नक्कली दाबीहरु सिर्जना गरी भुक्तानी दिने, व्यवसायलाई आकर्षित गर्न नगद प्रदान गर्ने, ट्यारिफमा उल्लेख भए भन्दा कम दरले बीमालेख जारी गर्ने जस्ता बीमा ऐन, नियमावली तथा समितिबाट जारी निर्देशनहरु विपरितका कार्यहरु बीमकबाट भइरहेको गुनासा र उजुरीहरु प्राप्त सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ समितिद्वारा परिपत्रमा उल्लेख छ ।
साथै समितिले त्यस्ता कार्यमा संलग्न जो कोहीलाई कडा कारवाही गर्ने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्