नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्व व्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताउनु भयो । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकेको बताउनु भएको हो । नेपालको अहिले पनि व्यापार घाटा उच्च रहेको अध्यक्ष गोल्छाले बताउनु भयो । उहाँले नेपाल जुनसुकै संगठनमा आवद्ध भएता पनि भारतसँग मात्रै ८५ प्रतिशत व्यापार गर्दै आएको बताउँदै अहिले नेपालको निर्यात बढेको र भारतमा अन्य देशबाट आयातमा कडा गरिएका वस्तु नेपालमा कतैबाट ल्याएर उत्पादन गरेर निर्यात नगरे निर्यात घट्ने बताउनु भयो । उहाँले विश्व व्यापार संगठनमा आवद्ध भएपनि नेपाली उद्योगमा भएका वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसकेको बताउनु भयो । नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने नभएको बताउँदै विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको बताउनु भयो । उहाँले बजारमा उपभोक्तालाई सामान सस्तो बनाउनको लागि उद्योग तथा आयातमा लाग्ने लागत कम गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष गोल्छाले भन्नुभयो,‘नेपाल विश्व व्यापार संगठनसँग आवद्ध भएर केही फाइदा लिन सकेको छैन । यसमा आवद्ध भएर अन्तराष्ट्रिय छवि राम्रो बनाएको होला । तर, व्यापार तथा उद्योगको लागि केही पनि पाmइदा गर्न सकिएको छैन। यसरी फाइदा लिन नसक्दा आवद्ध हुनु र नहुनुमा केही भिन्नता भएन । सन् १९०४ विश्व व्यापार सिंगठनको सदस्य भएको थियो । तर संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकिएको छैन । नेपालको अहिले पनि व्यापार घाटा उच्च रहेको छ। नेपाल जुनसुकै संगठनमा आवद्ध भएता पनि भारतसँग मात्रै ८५ प्रतिशत व्यापार गर्दै आएको छ । अहिले नेपालको निर्यात बढेकोदेखि पनि भारतमा अन्य देशबाट आयातमा कडा गरिएका वस्तु नेपालमा कतैबाट ल्याएर उत्पादन गरेर निर्यात भारत नगरे निर्यात घट्ने छ । नेपालले साप्टा, डब्लुटिओ, विमिष्टेकका कुरा गने पनि निर्यात बढान सकेको छैन । नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेन । त्यो समयमा लगानी भएका उद्योग पनि विनाश भए । त्यस्तै विभिन्न सडक संचरचना समेत कमजोर भए । भन्सारमाबाट आउने समानको लागत बढ्यो । अहिले संरचनाहरु सुधार भएको छ।े नेपालको अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर हुने छैन । विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा हुँदै आएको छ । सरकारले नेपालमा उद्योग स्थापना भन्दा पनि राजश्व वृद्धिमा मात्रै ध्यान गएको छ। भएका उद्योगलाई गुणस्तरीय उत्पादनको लागि सहज कानून बनाउन लागि परेको छैन। नेपालमा विदेशबाट चिनी आयात गरे ४० प्रतिशत राजश्व बढ्छ । बजारमा उपभोक्तालाई सामान सस्तो बनाउनको लागि उद्योग तथा आयातमा लाग्ने लागत कम गर्नुपर्छ ।’
अध्यक्ष गोल्छाले वस्तुको लागत कम गर्नको लागि सरकारले भन्सारसम्म रेल जोड्नु पर्ने बताउनु भयो । उहाँले लागत कम गर्ने उदेश्यले सरकारले काठमाडौंमा सुख्खा बन्दरगाह निर्माण गरेर पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेकोप्रति गुनासो गर्नुभयो ।