×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का चलनचल्तीमा, दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने !

PRIME CA

सात प्रदेशसहितको नेपालको नक्सा अंकित २ रुपैयाँको सिक्का चलनचल्तीमा, दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने !

अर्थ सरोकार

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का आजबाट चलनचल्तीमा ल्याएको हो ।
उक्त सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यस्तै सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् भने सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. TWO र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।
नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन् । सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् ।
सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ भने सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: