Skip to content
LAXMI SUNRISE BANK

झापा पुगेर मन्त्री रावलले भनिन्- ‘आवश्वासन होइन, सरकारले सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छ’

अर्थ सरोकार

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्तमान सरकारले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्दै लालपूर्जा वितरणको तयारी गरिरहेको बताएकी छिन । कनकाई नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग आज सुरुङ्गामा प्रत्यक्ष भेटेर उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी छिन ।

‘तपाईंहरूलाई जो आउँछन् आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुनसक्छ ।’, सुकुम्बासी परिवारलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँहरू ढुक्क हुनुहोस् । यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन ।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेललाई साक्षी राखेर कनकाई नगर क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई अबको केही समयमै जग्गाको लालपूर्जा वितरण गरिने उनले विश्वास दिलाए ।

‘काम अगाडि बढिसकेको छ । कामलाई अझ तीब्रता कसरी दिन सकिन्छ भनेर छलफल भएको छ । यो भएन, त्यो भएन भन्ने अब बहानाबाजी हुनेछैन ।’, उनले भनिन् ।

कनकाई नगरपालिका–६ का वडाध्यक्ष लक्ष्मी ओलीले यहाँका ५०० परिवार विसं २०१९ देखि बसोबास गर्दै आए पनि अहिलेसम्म जग्गाको लालपूर्जा नपाएको जानकारी गराइन् ।

मन्त्री रावलले जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला प्रशासन कार्यलयमा भेटेर सुकुम्बासीलाई लालपूर्जा वितरणका लागि तीब्र गतिमा काम गर्न निर्देशन दिइन् । उनले दमक नगरपालिका–८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भेटेर उनीहरूको गुनासो सुनेकी थिइन् उनले दमकमा सहकारी पीडितसँग छुट्टै भेटेर बचत फिर्ता गराउने प्रतिबद्धता जनाएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK