×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त संस्थाको एकीकृत कारोबार घोषणा कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त संस्थाको एकीकृत कारोबार घोषणा कार्यक्रम सम्पन्न

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कोहलपुर । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाएकआपसमा गाभिएपछि आजदेखि एकीकृत कारोबार सुुरु गरेको छ । यही पुस ३० गते कोहलपुर, बाँकेमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय काली प्रसाद चौधरी र प्रभात कुमार चौधरीले संयुक्त रुपमा पानसमा बत्ती बालेर एकीकृत कारोबार भएको घोषणा गरेका छन् ।

घोषणा कार्यक्रममा घोडीघोडा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले दुवै वित्तीय संस्थाका अध्यक्षद्वयलाई दोसल्ला ओढाएर सम्मान प्रकट गरे । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई गाभेको हो । दुवै संस्था एकआपसमा गाभिएपछि सबै कारोबार अबदेखि युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । संस्थाको अधिकृत पूँजी २० करोड पुगेको छ ।

कार्यक्रमको अवसरमा युनिक लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा.गोपाल दहितले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा उनले एकीकृत कारोबार गर्ने भएपछि युनिक वित्तीय संस्थाको सदस्य थप भएको, पूँजी थप भएको कुरा बताउँदै आजको दिन संस्थाको लागि सुनौलो दिन रहेको कुरा बताए । उक्त कार्यक्रममा घोडीघोडा वित्तीय संस्थाका तर्फबाट अध्यक्ष, सञ्चालक सदस्य, प्रमुख कार्यकारी अधिकृतले शुभकामना मन्तव्य दिएका थिए ।

घोडीघोडाको अध्यक्ष प्रभात कुमार चौधरीले पहिला अलग अलग कारोबार थियो अहिले युनिक वित्तीय संस्थामा समाहित भएका छौं, एकपरिवार भएको कुरा व्यक्त गरे । यसले संस्थालाई थप उचाईमा पर्याउने विश्वास व्यक्त गरे । युनिक वित्तीय संस्थाका सञ्चालक तथा मर्जर समितिका संयोजक शिव बहादुर चौधरीले दुईटा संस्था एक भएर अगाडि बढ्दा शेयर होल्डर, सदस्यको पूँजी सुरक्षित हुने कुरा विश्वास व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि तथा माउ संस्था युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले पनि शुभकामना दिए ।

एकीकृत कारोबार घोषणा कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष काली प्रसाद चौधरीज्यूको सभाध्यक्षमा भएको थियो । समापन मन्तव्यको क्रममा समाध्यक्षले दुई संस्था एक भएको घोषणा गर्दै मर्जरपछि आउने चुनौतीहरुलाई ख्याल गर्नुपर्ने कुरा बताए । साथै उनले अबको वित्तीय कारोबारमा सिनर्जी इफेक्ट देखिनुपर्ने कुरा बताए जसले २+२ =५ हुनुपर्ने कुरामापूर्ण विश्वास व्यक्त गरे । संस्थालाई यहाँसम्म पुर्याउने कार्यकारी निर्देशकलगायत सबैलाई धन्यवाद दिए । कार्यक्रममा दुवै वित्तीय संस्थाका सञ्चालक, मर्जर समितिका संयोजक र युनिक वित्तीय संस्थाको व्यवस्थापन टिम तथा केन्द्रका सदस्यहरुकोसमेत उपस्थिति रहेको थियो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी