- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार नेप्से बढेको छ । सेयर बजार परिसूचक मापक नेप्से १०.७० अंकले बढेर २ हजार २३ दशमलव ६० बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १६ कम्पनीको ५ हजार २७११ कित्ता सेयर ४३ लाख ७५ हजार ५१० रुपैयाँमा खरीद बिक्री भएको छ । जसमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । साथै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।