पाल्पा । निस्दी गाउँपालिका–६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण गरिएको छ ।
निस्दी गाउँपालिकाको तीन लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको ४० हजार गरी रु चार लाखको लागतमा सिमलडाँडामा खेलमैदान निर्माण भएको हो । सोही बजेटमा रनगुवाटोलमा पनि खेलमैदान निर्माण गरिएको छ ।
अहिले खेलमैदान व्यवस्थित भएपछि पालिकास्तरीय खेल आयोजना गर्ने र यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदका कार्यक्रममा जोड दिइने वडाअध्यक्ष मेखबहादुर सुनारीले बताउनुभएको छ । व्यवस्थित खेलमैदान नहुँदा खेल खेल्न अप्ठ्यारो परेका बेला अब भने खेल खेलाउन र विभिन्न कार्यक्रम गर्न सजिलो पर्ने खेलकुद समन्वय समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले बताउनुभयो ।
नवनिर्मित रनगुवा खेलमैदानमा आगामी माघ १४ गतेदेखि टोलस्तरीय भलिबल प्रतियोगिताको आयोजनासमेत गरिने जनाइएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्