काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको सो रकम २०७८ फागुन २ गतेदेखि २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा ८ करोड ३९ लाख रुपैयाँ, विकास बैंकमा १ करोड ५७ रुपैयाँ, वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले माघ १८ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेलगायत राष्ट्र बैंकले जनाएको छ ।