×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारदेखि एनसीसी बैंकले बिक्रीमा ल्यायो ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबारदेखि एनसीसी बैंकले बिक्रीमा ल्यायो ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसीसी बैंकले ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोध प्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार १०६, दिपक लामाले, ९५ हजार ७६७ र कैलाश प्रतीन्द्र अमात्यले ८७ हजार ३३५ कित्ता बिक्रीमा ल्याएका हुन् ।
यस्तै अम्बर बहादुर तामाङले ४१ हजार ४३, गिरीराज शर्मा संग्रौलाले १४ हजार २१ र पवन सिंह भन्डारीले १ हजार कित्ता बिक्रीमा ल्याएका हुन् । सो सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर बिभाग कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी