Skip to content
LAXMI SUNRISE BANK

१०.५३% लाभांश वितरण गर्ने प्रस्तावसहित ज्योति लाइफ इन्सुरेन्सको वार्षिक साधारणसभा फागुन ६ गते हुने

अर्थ सरोकार

काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको वार्षिक साधारणसभा फागुन ६ गते हुने भएको छ । सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरामा बिहान ११ बजे देखी हुने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा बोलाएको हो । सभामा उक्त वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै प्रस्तावित बोनस वितरणपछि पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा छ ।

साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको चयन हुनेछन् । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहने सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउने सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK