×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिव्यश्वरी हाइड्रोपावर १५ लाख ५६ हजार नोक्सानमा, जगेडा कोषसहितका अधिकांश सूचक पनि ऋणात्मक (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दिव्यश्वरी हाइड्रोपावर १५ लाख ५६ हजार नोक्सानमा, जगेडा कोषसहितका अधिकांश सूचक पनि ऋणात्मक (विवरणसहित)

Artha Sarokar

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले १५ लाख ५६ हजार नोक्सानमा रहेको वित्तीय विवरण प्रकाशित गरेको हो । गत वर्ष यसै अवधिमा कम्पनी १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा थियो ।
यस्तै पुस मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने २०.२८% ले बढाएर ५ करोड ४ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने पुस मसान्त सम्ममा जगेडा कोष २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी पनि ५९ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ १६ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी