Skip to content
LAXMI SUNRISE BANK

सानिमा माई हाइड्रोपावरको ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ, प्रतिसेयर आम्दानीसहित अरु सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा माई हाइड्रोपावरले ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै नाफा  १७.९९% ले बढेर ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३१ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ५.५०% ले बढेर ५७ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । यता अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष अन्य स्रोतबाट १ लाख रुपैयाँ आम्दानी गरेकोमा यो वर्ष ५१ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
पुस मसान्तसम्म आउँदा प्रतिसेयर आम्दानी ८१ पैसाले बढेर १२ रुपैयाँ ०२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK