Skip to content
LAXMI SUNRISE BANK

सपोर्ट लघुवित्त वित्तीय संस्थाको नाफा ९९ लाख रुपैयाँमा खुम्चियो, अन्य सूचकहरुमा पनि वृद्धि भएन (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ९९ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दाखुद नाफा ३७.३३% ले घटेर ९९ लाख ७ हजार रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५८ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ११.८३% ले घटेर ३ करोड ६४ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ३७.३३% ले घटेर १ करोड ५७ लाख २६हजार रुपैयाँमा आएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसाले घटेर २३ रुपैयाँ ०९ पैसामा सीमित भएको कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK