×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरको १३ लाख ४६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, सिद्धार्थ बैंकसहित अन्य यी स्थानबाट भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अपि पावरको १३ लाख ४६ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, सिद्धार्थ बैंकसहित अन्य यी स्थानबाट भर्न सकिने

Artha Sarokar

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावरको १३ लाख ४६ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
संस्थाको सो सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी