×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा मोटर्सले ल्यायो भ्यालेनटाइन्स् डेको अवसरमा ‘कनेक्ट टु लभ’ योजना, स्कुटर खरिदमा छ हजारसम्मको छुट पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जगदम्बा मोटर्सले ल्यायो भ्यालेनटाइन्स् डेको अवसरमा ‘कनेक्ट टु लभ’ योजना, स्कुटर खरिदमा छ हजारसम्मको छुट पाइने

Artha Sarokar

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘कनेक्ट टु लभ’  योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु.६०००  सम्मका नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज मार्फत हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले ४०% डाउन पेमेन्ट गरेर ०% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी