Skip to content
LAXMI SUNRISE BANK

६.५१% ले बढ्यो ग्रामीण विकास लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ६८ पैसा पुग्यो (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६.५१% ले बढेर १९ करोड २६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ६.५१% ले बढेर १९ करोड २६ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी १३.२४% ले बढेर ६३ करोड २१ लाख ९५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४२.२४% ले बढेर २८ करोड ५४ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ३६ पैसाले बढेर ३८ रुपैयाँ ६८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६४ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK