![](https://arthasarokar.com/wp-content/uploads/2020/12/image-55.png)
- अर्थ सरोकर सम्बाददाता
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १४.२१% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.५०% बोनस सेयर र कर तिर्न ०.७१% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/12/2-103.jpg)