काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १५.५० अंकले घटेर २७२०.४३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा १०% प्रभु बैंक डिबिन्चर २०८४ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । सिभिलको सेयरमा यस्तो गिरावट आउँदा नेपाल फाइनान्स, सर्पोट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, लक्ष्मी इक्वीटि फण्ड, एभरेष्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा घलेम्दी हाइड्रो, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी, सानिमा माई हाइड्रोपावर, बरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र अरुण भ्याली हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा घलेम्दी हाइड्रो, तेह्रथुम हाइड्रोपावर, रुरु जलविद्युत परियोजना कम्पनी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्