Skip to content
LAXMI SUNRISE BANK

नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

अर्थ सरोकार

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभाका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएकाले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
कम्पनीले गत वर्षको नाफाबाट १८.५२५% बोनस सेयर र कर तिर्न ०.९७५% नगद लाभांश वितरण गर्दैछ । कम्पनीले फागुन ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट १८.५२५% बोनस सेयर र कर तिर्न ०.९७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । सभामार्फत ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK