×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेले के गर्ने?

PRIME CA

कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा, नपाउनेले के गर्ने?

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कृषि विकास बैंकको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । बैंकले पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको २०% बोनस सेयर खातामा पठाइदिएको हो ।
पुस १५ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । बैंकको पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस सेयर कर प्रयोजनार्थ १.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: