Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले घटेर बन्द भयो बजार, नबिल बैंकको सर्वाधिक कारोबार !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार २९.८३ अंकले घटेर २०३८.६३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०४ कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३६ करोड ९० लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ६१ करोड ४९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकको भएको छ । आज २ समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै सोल्टी  होटलकालगानीकर्ताहरुले कमाएका छन् भने समृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK