×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

Artha Sarokar

२० फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीको स्वामित्वमा रहेको ४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।
प्रुडेन्सियलले गत शुक्रबारदेखी नेशनल लाइफ इन्स्योरेन्सको १ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार, आइसीएफसी फाइनान्सको ४८ हजार र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
लगानीकर्ताले नेशनल लाइफको सेयरमा न्यूनतम ३९० रुपैयाँ, नेपाल लाइफको सेयरमा ९०० रुपैयाँ, आइसीएफसीको सेयरमा १९५ रुपैयाँ र नेपाल ग्रामीणको सेयरमा ३७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी