×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्ससहितका ३ कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति लाइफ इन्स्योरेन्ससहितका ३ कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचकमा १०१.०७ अंकको उछाल आएको हो । सो बढोत्तरीपछि नेप्से परिसूचक २६६७.९७ बिन्दुमा पुगेको हो । चैत महिनाका लागि बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेसंगै सेयर बजारले लय लिएको देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा ज्योति लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा कर्पोरेट डेभलपमेन्ट बैंक, इमजिङ्ग नेपाल कम्पनी, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, मन्जुश्री फाइनान्स, शिभम् सिमेन्ट, प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, आइसीएफसी फाइनान्स, नेपाल दुरसंचार कम्पनी, नेपाल लाइफ इन्योरेन्स, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर, हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, निफ्रा र पाँचथर पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यस्तै आइतबारको सेयर बजारमा मेगा म्युचुअल फन्ड १ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । मेगा म्युचुअल फन्ड १ मा यस्तो गिरावट आउँदा ८.७५ % प्राइम डिबेञ्जर २०८५, मेगा बैंकको प्रमोटर सेयरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी