काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १०.५०% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५०% लाभांश दिने निर्णय गरेको हो ।
गत वर्षको तुलनामा सो कम्पनीको लाभांशदर घटेको हो । गत वर्ष यस कम्पनीले २०% बोनस सेयर र ५% नगद लाभांश दिएको थियो ।