×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा, सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान

PRIME CA
GLOBAL IME BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा, सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका हुन् । कम्पनीले बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापक सेयरधनीहरुलेले फागुन ३० गते सोमबारबाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले कम्पनीको प्रधान कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: