Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंको तारकेश्वरबाट १० जुवाडे पक्राउ, १ लाख ९ हजार ७४५ रुपैयाँ र ३ थान तास बरामद

अर्थ सरोकार

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । प्रहरीले तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरभित्र जुवातास खेलिरहेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
खूङ्गला गाउँपालिका-८ बागलुङ घर भई तारकेश्वर बस्‍दै आएका ३९ वर्षीय युवराज कडेंलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको हो । प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९ हजार ७४५ रुपैयाँ र ३ थान तास बरामद गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK