Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : कुपिन्डे तालमा मनोरञ्जन लिँदै पर्यटक, सामग्री बिक्री गर्न ग्राहकको प्रतीक्षामा व्यापारी

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।

समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पर्यटकीय तथा धार्मिकस्थलका रुपमा परिचित सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालमा डुु्ङगामा सयर गरी मनोरञ्जन लिँदै गरेका आन्तरिक पर्यटकदेखि गर्मी बढेसँगै काठमाडौँको बालाजुस्थित चक्रपथ छेउमा बालबालिकालाई पौडी खेल्न प्रयोग गरिने विभिन्न सामग्री राखेर ग्राहकको प्रतीक्षामा बसेका व्यापारीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

पर्यटकीय तथा धार्मिकस्थलका रुपमा परिचित सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालमा डुु्ङगामा सयर गरी मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । एक हजार २०० मिटर लम्बाई र ६९ मिटर गहिराई रहेको सो तालमा पछिल्लो समय डुङ्गा चलाउन थालिएको छ ।

गर्मी बढेसँगै काठमाडौँको बालाजुस्थित चक्रपथ छेउमा बालबालिकालाई पौडी खेल्न प्रयोग गरिने विभिन्न सामग्री राखेर ग्राहकको प्रतीक्षामा बसेका सडक व्यापारी ।

आवश्यक रेखदेख नपुग्दा कवाडीका सामान राख्ने र शौच गर्ने थलोमा परिणत भएको नेपाल वायुसेवा निगमको धनगढी उपमहानगरपालिका—१ मा रहेको जग्गा । यो जग्गाको एक दशकभन्दा बढी समयदेखि रेखदेखको अभावमा बेवारिसे जस्तो बनेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची–११ स्थित टारका किसान खेतमा आलु खन्दै । खनिएका आलु खेतबाटै बजार लैजान किसानले बोरामा व्यवस्थापन गरी राखेका हुन्।

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ र लमजुङको सिमानामा पर्ने मस्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ्क छहरामा मनोरञ्जन लिन आएका विदेशी पर्यटक । दैनिक २० देखि ३० जना विदेशी पर्यटक मनाङ भित्रने गरेका छन् ।

बागलुङ नगरपालिका–४ ओडारचौरका किसान कृष्णप्रसाद पौडेलको फार्ममा व्यवसायीक रुपमा गरीएको भैंसी पालन ।

तनहुँको म्याग्दे गाउँपालिका–५ दोभानस्थित सेती नदीको घाटमा अव्यवस्थित ढंगले ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरिँदै ।

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका बासिन्दा भेडाको ऊन प्रसोधन गर्दै । आधुनिक प्रविधिको अभावमा उद्यमीहरु परम्परागत तरिकाले ऊन प्रसोधन गर्दै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK