×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने

PRIME CA

वोमी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै २०७७ चैत ३ गतेबाट २०७८ मंसिर २९ गतेसम्म सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
कर रकम तिर्नको लागि सेयरधनीले कुमारी बैंकको खाता नम्बर ०१३००९८४०७२०००३७ मा जम्मा गर्नुपर्नेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुने कम्पनीले जनाएको छ ।
यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २०% बोनस सेयर वितरण गरेको थियो । वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज भएर चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनी एक भएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: